काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डले यस वर्षको प्रतिफल वितरण गर्न शुरु गरेका छन् । यी दुवै फण्डले सम्बन्धित योजनाका इकाईधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै प्रतिफल जम्मा गर्न थालेका हुन् । दुवै फण्डले प्रतिफलमा लाग्ने कर कट्टा गरी प्रतिफल वितरण थालेको योजना व्यवस्थापकले जनाएको छ ।
यस वर्ष सानिमा इक्विटी फण्डले १५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत करसमेत प्रतिफल वितरण गर्न लागेका हुन् । यी दुवै योजनाले प्रतिफल प्रयोजनका लागि भदौ २६ गते एक दिन बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा भदौ २५ गतेसम्म कायम सम्बन्धित योजनाका इकाईधनीहरूले मात्र प्रतिफल पाउनेछन् ।
आफ्नो इकाई धितो राखेका इकाईधनीहरूले भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर वा फुकुवा पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी योजना व्यवस्थापकले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।