एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार योजनाले वितरण गरे यस वर्षको प्रतिफल

Share News

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित चार बन्दमुखी प्रकृतिका योजनाले यस वर्षको प्रतिफल वितरण गरेका छन् । एनआईसी एशिया सेलेक्ट–३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले यस वर्षको प्रतिफल वितरण गरेको हो ।

एनआईसी एशिया सेलेक्ट–३० ले करसमेत १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले करसमेत १० दशमलव ५० प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डले करसमेत ९ दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड् फण्डले करसमेत ९ दशमलव २५ प्रतिशत प्रतिफल असोज ४ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको हो । यस वर्ष यी चार योजनाले कुल ४३ करोड १२ लाख ८१ हजार ५०० रुपैयाँ बराबरको प्रतिफल वितरण गरेका हुन् ।

प्रतिफल बैंक खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउन योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेडले आग्रह गरेको छ । साथै भदौ २७ गतेसम्म इकाई धितो बन्धक राखी कर्जा लिएकाहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र प्रतिफल वितरण हुने जानकारीसमेत योजना व्यवस्थापकले दिएको छ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।