एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को भदौ मसान्तसम्मको नाफा करीब १६ करोड

Share News

काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले भदौ मसान्तसम्म १५ करोड ८० लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । साउन मसान्तसम्मको तुलनामा भदौमा योजनाको नाफा कम भएको हो । साउन मसान्तसम्म योजनाले ३६ करोड २९ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।

भदौमा योजनाको आम्दानी ३६ करोड ५९ लाख रुपैयाँबाट घटेर १६ करोड ३७ लाख रुपैयाँभन्दा बढीमा मात्र सीमित भएको छ । साउन मसान्तसम्म ३० लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको योजनाले भदौ मसान्तसम्म भने ५७ लाख २८ हजार रुपैयाँभन्दा बढी खर्च गरेको हो । आम्दानी कम र खर्च बढी भएको असर योजनाको नाफामा परेको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड २१ लाख इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने १३ रुपैयाँ ५१ पैसा रहेको छ । साउन मसान्तसम्म यो मूल्य १५ रुपैयाा १९ पैसा रहेको थियो ।

भदौ मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब २४ करोड १८ लाख रुपैयाँभन्दा बढी छ । योजनाको लगानीको बजारमूल्य भने १ अर्ब ४९ करोड ४८ लाख रुपैयाँभन्दा बढी कायम भएको देखिन्छ । बैंक मुद्दती निक्षेपमा योजनाले भदौ महिनामा भने लगानी नगरेको देखिन्छ । साउन मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १० करोड रुपैयाँभन्दा बढी लगानी गरेको थियो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।