सानिमा इक्विटी फण्डले सूचीकृत शेयरमा घटायो लगानी

Share News

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार फण्डले साउन मसान्तको तुलनामा भदौ मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ । साउन मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ९ करोड लगानी गरेकोमा भदौ मसान्तमा घटाएर रू. ६८ करोड ९६ लाखमा झारेको हो । 

त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ती मूल्य (न्याभ) पनि साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १३ रुपैयाँ ९३ पैसा रहेकोमा भदौ मसान्तमा घटेर ११ रुपैयाँ ५३ पैसामा झरेको हो ।

भदौ मसान्तसम्ममा फण्डले रू. १९ करोड २१ लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा भने ३७ दशमलव ९२ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. ३० करोड ९५ लाख नाफा कमाएको थियो ।

भदौ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको कुल आम्दानी रू. ३१ करोड २७ लाख रहेकोमा भदौ मसान्तमा घटेर रू. १९ करोड ७८ लाखमा झरेको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।