काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले भदौ मसान्तसम्म १७ करोड ४१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । साउन मसान्तसम्मको तुलनामा भने योजनाको नाफा घटेको हो । साउन मसान्तसम्म योजनाले २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
भदौमा योजनाको आम्दानी घटेकाले र खर्च बढेकाले नाफामा असर परेको हो । भदौ मसान्तसम्म योजनाले १७ करोड ८३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने ४२ लाख २४ हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ । साउन मसान्तसम्म योजनाको आम्दानी २७ करोड ९१ लाख रुपैयाँभन्दा बढी थियो भने खर्च २३ लाख ३ हजार रुपैयाँ मात्र थियो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ १६ पैसा छ । साउन मसान्तसम्म यो मूल्य १३ रुपैयाँ १९ पैसा थियो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्र र मुद्दती निक्षेपमा गरेको लगानीको परलमूल्य ८८ करोड ५२ लाख रुपैयाँभन्दा बढी छ ।
योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य बढी रहेको देखिन्छ । भदौ मसान्तसम्म योजनाको कुल लगानी मूल्य ९५ करोड ७७ लाख ४० हजार रुपैयाँ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।