सुनको मूल्य ३०० रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

Share News

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आईतवार) नेपाली बजारमा सुन को मूल्य १ लाख ६१ हजार रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइको थियो ।

त्यस्तै आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६५३ दशमलव २५ डलरमा कारोबार भइरहेको छ ।  नेपाली बजारमा आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । महासंघका अनुसार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँ वृद्धि भइ १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।