दशैंका लागि खसीबोका–च्याङ्ग्राको विक्री शुरु [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा खसीबोका–च्याङ्ग्राको विक्री शुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतवार (आज)बाट खसीबोका–च्याङ्ग्रा विक्री थालेको हो । यससँगै कार्यालयमा उपभोक्ताको भीड लागेको छ ।

अघिल्ला वर्षहरूमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घटस्थापनाकै दिनदेखि खसीबोका र च्याङ्ग्रा बेच्ने गरेको थियो । यो वर्ष भने बाढिपहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि समयमा व्यापारी आउन नसक्दा ढिलाइ भएको हो । उपत्यकामा खसीबोका र च्याङ्ग्रा लिएर आउने व्यापारी गत शनिवार पुगेका थिए । 

थापाथलीस्थित कार्यालयका अनुसार जिउँदो खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छूट गरी ६६० रुपैयाँ कायम गरिएको छ । यस्तै, जिउँदो च्याङ्ग्राको मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ । 

दशैंका लागि विक्रीमा राखिएका खसीबोका–च्याङ्ग्रा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।