यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय एम्ब्रोस र रुभकुनलाई

अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुन (दायाँ) । तस्वीर : एक्स/नोबेलप्राइज

Share News

काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले सोमवार (आज) स्विडेनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरेको हो । 

उनीहरूलाई माइक्रोआरएनएको खोजका लागि उक्त पुरस्कार दिइन लागिएको हो । 

यो खोज जीवको विकास तथा उसको कार्य गर्ने तरिका सम्झाउन महत्त्वपूर्ण साबित भइरहेको छ । हाम्रो शरीरको सबै कोशिकामा एकजस्तै जीन हुन्छ । तर, मांशपेशी तथा तन्त्रिका कोशिकाजस्तै विभिन्न प्रकारका कोशिका अलग–अलग कार्य गर्छन् । यो जिन विनियमनका कारण सम्भव हुन्छ । 

एम्ब्रोस र रुभकुनको खोजले यही विनियमन हुने एक नयाँ तरिका बताउँछ ।  

एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलमा प्राकृतिक विज्ञानका प्राध्यापक हुन् भने रुभकुन हार्वर्ड मेडिकल स्कुलका आनुवंशिकीका प्राध्यापक हुन् । 

उक्त पुरस्कारको राशि १ करोड १० लाख स्वीडिश क्राउन (१.१ मिलियन अमेरिकी डलर) छ ।

गत वर्ष यो पुरस्कार हंगेरीका वैज्ञानिक क्याटालिन कारिको र अमेरिकी सहकर्मी ड्रु वेइसम्यानलाई प्रदान गरिएको थियो । कोरोना भाइरसको खोप बनाउन अहम योगदान पुर्याएको भन्दै उनीहरूलाई उक्त पुरस्कार दिइएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।