लिङ्गे पिङमा सररर... [तस्वीरहरू]

Share News

काठमाडौं । कुनै बेला दशैंको आगमनसँगै गाउँशहरका विभिन्न ठाउँमा पिङ हाल्ने र खेल्ने चटारो हुन्थ्यो । तर, पछिल्लो समय शहरमा बढ्दो शहरीकरणका कारण दशैंमा पिङ देख्नै मुश्किल भएको छ । अहिले शहरमा फाट्टफुट्ट मात्रै पिङ देखिन्छ । 

यो वर्ष दशैंमा ललितपुर सुनाकोठीमा लिङ्गे पिङ हालिएको छ । त्यहाँ पिङ खेल्नका लागि मानिस भेला भएका थिए । कोही पिङमा सररर हुँदै थिए त कोही आफ्नो पालो कुर्दै थिए ।  

वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका कारण दशैंमा पिङ खेल्ने गरिन्छ ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।