वीरगति प्राप्त गर्ने प्रहरीप्रति श्रद्धाञ्जली दिँदै मनाइयो ६९औं प्रहरी दिवस [तस्वीरहरू]

६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै  अमर प्रहरीका परिवारहरू ।

Share News

काठमाडौं । वीरगति प्राप्त गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारलाई सम्मान गर्दै  ६९औं प्रहरी दिवस मनाइएको छ । प्रहरी  प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा अमर प्रहरी स्मारकमा गृह मन्त्री रमेश लेखकले पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरेका थिए ।

गृह मन्त्रीले नेपाल प्रहरी राज्य र नागरिक बिचको पहिलो सम्पर्क सूत्रका रूपमा रहेको एवम् आमनागरिकको सहयात्री हुन सफल भएको उल्लेख गर्दै नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताए  । अमर प्रहरीका परिवारहरू, अन्य विशिष्ट अतिथि महानुभावहरू तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।