मोबाइल आयात बढ्यो, साओमी र एप्पलले बजार हिस्सा बढाउँदा सामसङको बजार घट्दो

Share News

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा मोबाइल आयात बढेको देखिएको छ । 

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पछिल्लो तीन महीनामा ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार मूल्यका ६ लाख ५५ हजार ६३१ थान मोबाइल फोन आयात भएको छ । गत आवको सोही अवधिमा नेपालले ९ अर्ब ४३ करोड १९ लाख ३ हजार मूल्यका ६ लाख ४२ हजार ४१५ थान मोबाइल फोन आयात गरेको थियो । 

यो तथ्यांक गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा मूल्यको आधारमा ४० करोड ९ लाख ९५ हजार रुपैयाँले र परिमाणको आधारमा १३ हजार २१६ थान बढी हो ।

विभागको तथ्यांक अनुसार असोज महीनामा मात्रै ३ अर्ब १२ करोड ४७ लाख ४० हजार मूल्य बराबरका २ लाख ६७३ ओटा मोमाइल फोन आयात भएको छ । चालू आवको पहिलो महीना (साउन)मा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार मूल्यका २ लाख २५ हजार १६३ थान मोबाइल फोन आयात भएकोमा गत भदौमा ३ अर्ब ३४ करोड १९ लाख मूल्यका २ लाख २९ हजार ७९५ थान मोबाइल फोन आयात भएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा जम्मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार मूल्यका १८ लाख ३९ हजार ३५ थान मोबाइल आयात भएका थिए ।

मोबाइल आयातको तथ्यांक
  परिमाण मूल्य
आव २०८०/०८१ १८ लाख ३९ हजार ३५ थान २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार
आव २०८०/०८१ को तीन महिना ६ लाख ४२ हजार ४१५ थान ९ अर्ब ४३ करोड १९ लाख ३ हजार
आव २०८१/०८२ को तीन महिना  ६ लाख ५५ हजार ६३१ थान ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार
गत साउन २ लाख २५ हजार १६३ थान ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार
गत भदौ २ लाख २९ हजार ७९५ थान ३ अर्ब ३४ करोड १९ लाख 
गत असोज २ लाख ६७३ थान ३ अर्ब १२ करोड ४७ लाख ४० हजार

मोबाइल फोन नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुको शीर्ष १० स्थानमा पर्छ । नेपालमा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात हुने गरेको छ । चालु आवको पहिलो तीन महीनामा चीनबाट मात्रै ६ अर्ब ३५ करोड ७३ लाख १७ हजार मूल्यका ४ लाख ७३ हजार ४०८ थान मोबाइल सेट आयात भएका छन् । त्यसपछि भारतबाट ३ अर्ब ३३ करोड ९४ लाख ८३ हजार मूल्यका १ लाख ८० हजार ७४२ थान मोबाइल फोन आयात भएको छ ।

नेपालमा धेरै मोबाइल आयात हुने देशमध्ये क्रमश: दुबई, जापान, कतार, अष्ट्रेलिया, कोरिया, बेलायत, हङकङ, क्यानडा, बंगलादेश, कुवेत, ओमन, मलेसिया, भियतनाम, नेदरल्याण्डस्, साउदी अरब, स्विट्जरल्याण्ड, जर्मनी, सिंगापुर, थाइल्याण्ड, टर्की, लक्जम्बर्ग, केन्या, इजरायल, डेनमार्क, युक्रेन, पोल्याण्ड, इटालीलगायत विश्वका ४४ ओटा देशबाट नेपालमा मोबाइल फोन आयात हुने गरेको छ ।

कुन ब्राण्डको बजार हिस्सा कति ?

नेपालको मोबाइल बजारको ६५ प्रतिशत हिस्सा साओमी, सामसङ र एप्पलले ओगट्दा झन्डै ५१ प्रतिशत हिस्सा साओमी र सामसङ दुई ब्राण्डले मात्रै ओगटेका छन् ।

विश्व मोबाइल फोन बजारको तथ्यांक राख्ने स्टाट काउण्टर ग्लोबल स्टेटकाअनुसार नेपालको मोबाइल बजारको सबैभन्दा बढी हिस्सा चिनियाँ मोबाइल फोन उत्पादक कम्पनी साओमीले ओगटेको छ । साओमीले नेपाली बजारको २७.३८ प्रतिशत बजार हिस्सा ओगट्दा ३२.२९ प्रतिशत बजार हिस्सासहित कोरियन मोबाइल उत्पादक सामसङ दोस्रो स्थानमा छ । त्यस्तै १४. ३३ प्रतिशत बजार हिस्सासहित एप्पल तेस्रो स्थानमा छ । त्यसपछि क्रमश: रियलमी ८, भिभो ७.३४, ओप्पो ७.०२ प्रतिशत बजार हिस्सा शेयर गरेका छन् ।

पछिल्लो समय नेपाली बजारमा न्यूनदेखि मध्यम मूल्य रेञ्जका मोबाइल फोन विक्री गर्ने साओमी र उच्च मूल्य रेञ्जका मोबाइल फोन विक्री गर्ने एप्पलका मोबाइल फोनले बजार बढाइरहेका बेला मध्यम रेञ्जका मोबाइल फोन विक्री गर्ने सामसङले भने आफ्नो बजार गुमाउँदै गएको छ । गत वर्ष सन् २०२३ अक्टोबरमा २५.९३ प्रतिशत बजार हिस्सा रहेको साओमीले ०२४ को सेप्टेम्बरसम्म बजार बढाएर २७.३४ प्रतिशत पुर्याउँदा एप्पलले १३.३७ प्रतिशतबाट बढाएर १४.३२ प्रतिशत पुर्याएको छ । एफ्पलले गत जुन महीनामा नेपाली बजारमा आफ्नो हिस्सा १५.५२ प्रतिशतसम्म पुर्याएको थियो । तर, सोही अवधिमा सामसङले भने ३ प्रतिशले बजार गुमाएको छ । २०२३ अक्टोबरमा २५.६ प्रतिशत बजार रहेको सामसङको गत सेप्टेम्बरसम्म २.३ प्रतिशत बजार हिस्सा गुमाउँदै २३.३ प्रतिशतमा झरेको छ ।

नेपालमा मोबाइल निर्यात गर्ने देशहरू
Description Partner Countries Unit Quantity Imports_Value
Smartphones China PCS 473408 6357317
Smartphones India PCS 180742 3339483
Smartphones United States PCS 300 33387
Smartphones United Arab Emirates PCS 247 29501
Smartphones Japan PCS 326 24329
Smartphones Qatar PCS 86 10224
Smartphones Australia PCS 87 9063
Smartphones Korea, Republic of PCS 123 8403
Smartphones United Kingdom PCS 41 4220
Smartphones Hong Kong PCS 50 3383
Smartphones Canada PCS 28 3267
Smartphones Bangladesh PCS 9 1211
Smartphones Kuwait PCS 62 940
Smartphones Oman PCS 6 913
Smartphones Malaysia PCS 18 771
Smartphones Viet Nam PCS 23 743
Smartphones Netherlands PCS 7 531
Smartphones Saudi Arabia PCS 9 509
Smartphones Switzerland PCS 4 457
Smartphones Germany PCS 6 428
Smartphones Singapore PCS 2 323
Smartphones Thailand PCS 5 309
Smartphones Turks and Caicos Islands PCS 2 285
Smartphones Luxembourg PCS 2 219
Smartphones Kenya PCS 2 215
Smartphones Israel PCS 2 209
Smartphones Denmark PCS 4 202
Smartphones Ukraine PCS 3 202
Smartphones Poland PCS 4 198
Smartphones Italy PCS 1 195
Smartphones Bulgaria PCS 1 189
Smartphones France PCS 1 162
Smartphones Finland PCS 1 161
Smartphones South Africa PCS 1 161
Smartphones Sri Lanka PCS 1 161
Smartphones Belgium PCS 2 127
Smartphones Iraq PCS 1 108
Smartphones Kosovo PCS 1 107
Smartphones Norway PCS 1 94
Smartphones Portugal PCS 7 86
Smartphones Austria PCS 1 67
Smartphones Jordan PCS 1 24
Smartphones Ghana PCS 1 8
Smartphones Uzbekistan PCS 1 3
Smartphones Maldives PCS 1 2
 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।