एनसेल कर्पोरेट गल्फ प्रतियोगिता शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो

Share News

काठमाडौं। शेर्पा एडभेञ्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा सम्पन्न एनसेल कर्पोरेट गल्फ प्रतियोगितामा विजयी बनेका छन्। यस जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उत्कृष्ट स्कोरसहित उपाधि हात पारेका हुन्। विजेताले दुबईको चार राउन्ड टिकट, कलअवेको आइरन सेट, र विभिन्न ह्याम्पर्स पुरस्कारस्वरूप प्राप्त गरेका छन्।

मुस्ताङ गल्फ क्लबका इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोर बनाएर दोस्रो स्थान हासिल गरे। उपविजेताले कलअवे एआई स्मोक ड्राइभर, आईप्याड, र गिफ्ट ह्याम्पर्स प्राप्त गरेका छन्। लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउसफुरसाङले तेस्रो स्थानमा सन्तोषजनक प्रदर्शन गरे।

व्यक्तिगत पुरस्कारतर्फ, विजय श्रेष्ठले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डरगिफ्ट ह्याम्पर जिते भने प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अवार्डसहित रेन्जफाइन्डरह्याम्पर्स प्राप्त गरे। विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे, र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरे।

एनसेलले प्रतियोगिताको प्रवेश शुल्कलाई दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ, जसलाई एनसेल फाउन्डेसनमार्फत देशभरका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरणमा प्रयोग गरिनेछ। एनसेलका सीईओ जाब्बोरले प्रतियोगिताको महत्त्वबारे प्रकाश पार्दै, "हाम्रो यो प्रयासले शिक्षा र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ," भने।

प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो र स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेटमा खेल भएको थियो। एनसेलले सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले यस प्रतियोगितामा टिकट बुकिङबाट संकलित रकममा थप गरि रु ३० लाख बराबरको योगदान गर्ने जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।