नयाँ आईपीओ : मुनलाइट हाइड्रोपावरले १ करोड ७६ लाख कित्ता आईपीओ ल्याउँदै

Share News

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।  

यस कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

मुनलाइट हाइड्रोपावरको सिन्धुपाल्चोक, जुगल गाउँपालिकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी-ए जलविद्युत आयोजना निर्माणधीन छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।