युनिलिभर नेपाल लिमिटेडका शेयरधनीको माग नगद लाभांशमा मात्र होइन बोनस शेयर पनि देउ

Share News

काठमाडौं। युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले कम्पनीलाई नगद लाभांशमा मात्र केन्द्रित नभएर बोनस शेयरसमेत दिन आग्रह गरेका छन् । सोमवार कम्पनीको ३१औं वार्षिक साधारणसभामा शेयरधनीले यस्तो आग्रह गरेका हुन् । 

युनिलिभर धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये सर्वाधिक लाभांश वितरण गर्ने कम्पनी हो । साधारणसभामा कम्पनीका एकजना शेयरधनी डम्बरुवल्लभ घिमिरेले सूचीकृत कम्पनीमध्येकै सर्वाधिक लाभांश वितरण गरेकोमा धन्यवाद दिँदै बोनस शेयर वितरण गरी उक्त पूँजी सहायक कम्पनीमार्फत लगानी गर्न सुझाए ।

अर्का शेयरधनी चन्द्रनारायण श्रेष्ठले पनि निरन्तर नगद लाभांश वितरण गर्दै आएको कम्पनीले बोनस शेयर वितरणमा समेत जोड दिनुपर्ने सुझाव दिए । श्रेष्ठले तिहारको पूर्वसन्ध्यामा पारित भएको लाभांश भोलिपल्टै शेयरधनीको खातामा जम्मा गरिदिन पनि आग्रह गरे । प्रत्युत्तरमा कम्पनीका अध्यक्ष देव बाजपेयीले आम लगानीकर्ताको हितलाई ध्यान दिएर नै नगद लाभांश वितरण गर्दै आएको प्रतिक्रिया दिए । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।