काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र नाफा भदौ महीनाको तुलनामा असोज महीनामा वृद्धि भएको छ ।
फण्डको न्याभ भदौ मसान्तमा ११ रुपैयाँ ५० पैसा रहेकोमा असोज मसान्तमा बढेर १२ रुपैयाँ १४ पैसा पुगेको छ । त्यस्तै, फण्डले भदौ महीनामा रू. १२ करोड ४३ लाख नाफा कमाएकोमा असोज मसान्तमा बढेर रू. १७ करोड ७३ लाख पुगेको हो । असोज महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
भदौ मसान्तमा फण्डको जम्मा आम्दानी रू. १२ करोड ८१ लाख रहेकोमा असोज मसान्तमा बढेर रू. १८ करोड २६ लाख पुगेको हो । त्यस्तै, फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड लगानी गरेकोमा असोज मसान्तमा बढाएर रू. ७५ करोड ३६ लाख पुर्याएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।