सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २२ सय रुपैयाँ बढ्यो भाउ

Share News

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ तोकिएको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलवार सुनको मूल्यमा कीर्तिमान कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  

पछिल्लो समय सुनको मूल्य बढिरहेको छ । सुनको मूल्य बढिरहेको मात्रै होइन, दिनहुँ कीर्तिमान पनि कायम भइरहेको छ । पछिल्लो दुई दिनमा मात्रै सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँ बढिरहेको छ ।

रुस–युक्रेन युद्ध, मध्यपूर्वमा तनावलगायत कारणले अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपाली बजारमा पनि यसको असर देखिरहेको व्यवसायीहरू बताउँछन् । अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ पछिल्लो समय उकालो लागिरहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।