२ हजार ८०० रूपैयाँले घट्यो सुनको मूल्य, कति छ बजार भाउ ?

फाइल तस्वीर ।

Share News

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ ।

अघिल्लो कारोबार दिन अर्थात कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदविक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँ तोकेको छ । यसअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ७३७ दशमलव ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।