श्रीलंकामा संसदीय निर्वाचन : १९६ सिटका लागि मतदान सम्पन्न

तस्वीर : रासस/सिन्ह्वा ।

Share News

कोलम्बो (श्रीलंका) । श्रीलंकामा संसदीय निर्वाचनअन्तर्गत बिहीवार (आज) मतदान भएको छ । २२५ सदस्य रहेको संसदको १९६ सिटका लागि मतदान भएको हो । 

स्थानीय समयअनुसार आज अपराह्न ४ बजे मतदान सम्पन्न भएको हो । त्यहाँका १ करोड ७१ लाखभन्दा बढी मतदाता छन् । तीमध्ये ६० देखि ६५ प्रतिशतले मतदान गरेको अनुमान गरिएको छ ।  

चुनावमा राष्ट्रपति अनुरा कुमार दिसानायकेको सत्तारुढ पार्टी नेशनल पीपुल्स पावर, सजित प्रेमदासा नेतृत्वको समागी जन संदानया, पूर्वराष्ट्रपति महिन्द्रा राजपक्षेको श्रीलंका पोदुजना पार्टीलगायत दल चुनावी प्रतिस्पर्धामा छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।