आइतवारयता घट्न थालेको सुनको भाउ आज बढ्यो, तोलाको कति ?

Share News

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार (आज) सुन तोलाको १ लाख ६० हजार १०० रुपैयाँ बढेको छ । हिजो सुन तोलाको १ लाख ६० हजारमा कारोबार भएको थियो । 

नेपालमा पछिल्लो ५ दिनपछि सुनको भाउ बढेको हो । गत आइतवारयता लगातार घटेको सुनको भाउ साताको छैटौं दिन बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यसयता सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँ घटेको छ । गत शनिवार तोलाको १ लाख ६६ हजार ५०० रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको यो भाउ शुक्रवार तोकिएको थियो । उक्त दिन सुन तोलामा दुई हजार बढेको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज (नेपाली समयअनुसार दिउँसो २ः१३ बजे) सुनको भाउ घट्दो क्रममा रहेको युएस डलर इन्डेक्सले देखाएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।