नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । नेपाल वायुसेवा निगमको ध्वजावाहक नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय सेक्टरको भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने जनाएको छ । 

निगमले आज (बिहीवार) प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । जसअनुसार भारतका दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको भाडादरमा २ हजार ५०० रुपैयाँसम्म छूट दिइनेछ । यस्तै, कतारको दोहा, संयुक्त अरब इमिरेट्स (युएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्याण्डको बैंकक र जापानको नारिताको भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने प्रेस विज्ञप्तिमा उल्लेख छ । 

उक्त छूटसहितको टिकट निगमको अन्तरराष्ट्रिय टिकट विक्री कार्यालयबाट लिन सकिने बताइएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशनपछि भाडादर घटाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।