मेगा म्युचुअल फण्ड १ ले कात्तिक मसान्तमा कमायो रू. २ करोड २३ लाख नाफा

Share News

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार फण्डले कात्तिक मसान्तमा रू. २ करोड २३ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा भने ३९ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. ३ करोड ६९ लाख नाफा कमाएको थियो ।

कात्तिक महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । असोज मसान्तमा फण्डको कुल आम्दानी रू. ४ करोड ३५ लाख रहेकोमा कात्तिक मसान्तमा रू. ३ करोड ११ लाखमा झरेको छ । 

नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ २५ पैसा रहेकोमा कात्तिक मसान्तमा ११ रुपैयाँ १४ पैसामा झरेको हो । 

त्यस्तै फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ६ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. १ अर्ब १४ करोडभन्दा बढी थियो । यस आधारमा फण्डले असोजको तुलनामा कात्तिकमा सूचीकृत शेयरमा लगानी केही घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।