पुस १० गतेदेखि परिपक्व हुँदै सानिमा इक्वीटी फण्ड

Share News

काठमाडौं । सानिमा बैंक कोष प्रवर्द्वन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ईक्विटी फण्ड आगामी पुस १० गतेदेखि परिपक्व हुने भएको छ ।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले योजना परिपक्व हुनुभन्दा एक महिनाअघि नै धितोपत्र दोस्रो बजारमा सूचीकरण खारेजीका लागि निवेदन दिनुपर्ने व्यवस्थाबमोजिम नेप्सेलाई जानकारी सहितको निवेदन पेश गरेको हो ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको १३ करोड इकाई दोस्रो बजारमा सूचीकृत रहेको छ । योजना परिपक्व भएसँगै खारेजी प्रक्रियामा जाने भएकाले सूचीकरणसमेत खारेज गर्नुपर्ने हुन्छ । यस योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १३ करोड इकाई विक्री गरिएको थियो ।

नेपाल धितोपत्र बोर्डले यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकलाई २०७४ कात्तिक २७ गते अनुमति दिएको थियो । २०७४ पुस ११ गते योजना सञ्चालनका लागि विक्री गरिएको इकाई बाँडफाँट गरिएको थियो ।

कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको यस योजनाको असोज मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खुद सम्पत्ति रहेको छ । यस अवधिसम्म योजनाको प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ ८५ पैसा छ । असोज मसान्तसम्म योजना २३ करोड ४२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको देखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।