पावर ट्रान्समिसन कम्पनीले १८ प्रतिशत नगद लाभांशलगायत प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

Share News

काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाहल, दरवारमार्ग, काठमाडौंमा अपराह्न ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

प्रस्तावित १८ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।