साना किसान विकास लघुवित्तले पुस २३ गते बोलायो साधारण सभा, १४ प्रतिशत लाभांश प्रस्ताव

Share News

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २३ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस वर्ष कम्पनीले कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । स्वतन्त्र सञ्चालक नियुक्ति पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।