हिमालय उर्जा विकास कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा पुस २६ मा, यी प्रस्ताव पेश हुने

Share News

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा काठमाडौंको थापागाउँस्थित अर्पण ब्याक्वेटमा  बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । 

सभाले आव २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।