राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले पुस २८ गते साधारण सभा गर्ने

Share News

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १० गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।