काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा कमलपोखरीस्थित ज्योति विकास बैंकको केन्द्रीय कार्यालयको सभाहलमा बिहान ९ बजे शुरु हुने क्यापिटलले जनाएको छ ।
सभाले हाल कायम चुक्तापूँजीको ३ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।