नेपाल चिया विकास निगमले आईपीओ निष्कासन गर्ने

Share News

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव राखेर यही पुस २९ गते सोमबार साधारण सभा बोलाएको छ ।

साधारण सभा काठमाडौंको कमलादीस्थित होटल रोयलसिंधिंमा अपराह्न ४ः३० बजे शुरु हुनेछ । 

सभाले शेयर सर्वसाधारणमा विक्री गर्ने तथा सोको लागि निगमको चुक्तापूँजी वृद्धि गर्ने  प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।