युनियन हाइड्रोपावरले पुस २६ मा साधारण सभा गर्ने

Share News

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले यही पुस २६ गते साधारण सभा बोलाएको छ । सभा ललितपुर-३, धोबीघाटस्थित सिद्धार्थ कटेजमा बिहान १०ः३० बजे शुरु हुनेछ । 

सभाले गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभाले यस कम्पनीद्वारा प्रवर्द्धित होङ्गु खोला र माथिल्लो तमोर ए जलविद्युत आयोजनाको परियोजना हस्तान्तरण र व्यवस्थापन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।