शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Share News


काठमाडौं । शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले अंकित मूल्यमा २५,००,००० कित्ताले हुन आउने रु.२५,००,००,००० बरावरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्कासन गर्न तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष  खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । 

शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा. लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । 

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरु मध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक शेयर निष्कासनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको कम्पनीले जनाएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।