नागरिक लगानी कोषले प्रस्ताव गर्‍यो लाभांश

Share News

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

पुस ७ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।