नेपाल स्टक एक्सचेञ्जले ७५ प्रतिशत लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

Share News

काठमाडौं । नेपालको एक मात्र धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले यही पुस २९ गते ४३औं वार्षिक साधारण सभा बोलाएको छ ।

पुस ६ गते बसेको नेप्सेको सञ्चालक समितिको बैठकले काठमाडौंको शान्तिमार्गस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष ७५ प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्ताव पनि नेप्सेले गरेको छ ।

हाल १ अर्ब चुक्तापूँजी रहेको नेप्सेले ७५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । सो प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।