आईपीओ निष्कासन गर्दै नगरकोट रिसोर्ट, पुस २८ गतेको साधारण सभाबाट पारित गरिँदै

Share News

काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नगरकोट रिसोर्टको कार्यालय, नगरकोटमा बिहान ९ बजे दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।

सभाले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।  

साथै सञ्चालक समितिमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने कार्य पनि सभाले गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।