सिनर्जी पावरले बोलायो साधारण सभा, यो वर्ष पनि लगानीकर्ताको हात खाली

Share News

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले यही पुस २९ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ ।

पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको बालुवाटारस्थित ताज रिसेप्सनमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाका लागि गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय प्रस्ताव गरिएको छ ।

कम्पनीले तीन वर्षयता लाभांश वितरण गरेको छैन । यसअघि आर्थिक वर्ष ०७७/७८ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछिका तीन आर्थिक वर्षयता लगानीकर्तालाई निरास बनाउँदै आएको छ ।

यस वर्षको साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।