मेन्छियाम हाइड्रोपावरले पुस २९ मा बोलायो साधारण सभा

Share News

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले यही पुस २९ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा बिहान ९ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।