वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने

Share News

काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर जारी गर्ने लगायतका प्रस्ताव पारितका लागि यही पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन प्रस्तावसँगै आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।