गुडवील फाइनान्सले पुस २९ मा साधारण सभा गर्ने, छैन लाभांश प्रस्ताव

Share News

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले यही पुस २९ गते ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा काठमाडौंको हात्तीसारस्थित गुडवील कम्प्लेक्समा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।