स्वर्णिम होटलले आईपीओ निष्कासन गर्ने, प्रस्ताव पारितका लागि साधारण सभा आह्वान

Share News

काठमाडौं । स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै उक्त प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजे शुरु हुनेछ ।

आईपीओ निष्कासन गर्ने हुँदा त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।