आशा लघुवित्तको ९ लाख १४ हजार कित्ता बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख १४ हजार ३०२ दशमलव ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।  

कम्पनीले मंसिर ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

साे सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।