कालिञ्चोक हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने, माघ ३ गते साधारण सभा

Share News

काठमाडौं । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय गल्कोपाखा, काठमाडौंमा बिहान ११ बजे हकप्रद शेयर निष्कासन प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले पूँजी वृद्धिका सम्बन्धमा आवश्यक निर्णय गर्ने र सोही बमोजिम प्रबन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कति प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा भने कम्पनीले कुनै जानकारी गराएको छैन । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।