माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

Share News

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभत्रि आवेदन पेश गर्नुपर्नेछ ।

इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड, सुन्धारा, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।