तिब्बत केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि धक्का महसुस*

भूकम्पका कारण सडकमा निस्किएका मानिसहरू - तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

Share News

काठमाडौँ– काठमाडौँ लगायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ६:५० बजेको समय भूकम्पको कम्पन गएको हो। 

भूकम्पका कारण मानिसहरू सडकमा निस्किएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपाल, भारत, चीन र बंगालादेशमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

यसअघि पनि पश्चिम नेपालसहित देशका विभिन्न स्थानमा निरन्तर भूकम्प गइरहेको थियो। *सच्याइएको

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।