माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

Share News

काठमाडौं । माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समेतका लागि संस्थापक शेयर विक्रीमा ल्याएका छन् । 

माछापुच्छ्रे बैंकले ३ लाख २५८ कित्ता शेयर र ग्लोबल आइएमई लघुवित्तले ८ हजार ७११ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले शेयर खरीद नगरेपछि उक्त शेयर सर्वसाधारण समेतले किन्न सक्ने गरी विक्री खुला गरिएको हो ।  

माछापुच्छ्रे बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आज (पुस २६ गते)देखि ७ दिनभित्र काठमाडौंको सुनधारास्थित माछापुच्छ्रे क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

त्यस्तै ग्लोबल आइएमई लघुवित्तको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले कास्कीको पोखरा–२६ विजयपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आगामी माघ ११ गतेभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।