साताको नेप्से : ३० अर्ब २६ करोड बराबरको शेयर किनबेच, नेप्से परिसूचक १.८९ प्रतिशत बढ्यो

Share News

काठमाडौं । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक १  दशमलव ८६ प्रतिशत अर्थात ४८ दशमलव ८६ अंक वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५८६ दशमलव २३ विन्दुमा रहेकोमा गत साताको अन्तिम कारोबार दिन अर्थात हिजो २ हजार ६३५ दशमलव ०९ विन्दुमा पुगेको छ । 

अघिल्लो साता चार कारोबार दिनमा बजार दुई दिन बढेको थियो भने दुई दिन घटेको थियो । पहिलो कारोबार दिन २१ दशमलव १२ अंक र दोस्रो दिन ३३ दशमलव शून्य ८ अंक घटेको बजार तेस्रो दिन ५ दशमलव १० अंक र चौथो दिन ४ दशमलव ६३ अंक बढेको हो । गत साता नेप्से चार कारोबार दिनमा ६६ दशमलव ९८ अंक बढेको थियो भने एक दिन १८ दशमलव १४ अंक घटेको छ । 

गत साता बजारका महत्त्वपूर्ण सबै सूचकहरू बढेको छन् । अघिल्लो साताभन्दा सेन्सेटिभ इन्डेक्स १ दशमलव १२ प्रतिशत वृद्धि भएको छ । कुल कारोबार रकम अघिल्लो साताको तुलनामा गत साता ५६  दशमलव ४० प्रतिशत वृद्धि भएको छ । अघिल्लो सातामा कुल रू. १ढ अर्ब ३५ करोड बराबरको कारोबार भएकोमा यस साता रू. ३० अर्ब २६ करोड भन्दा बढीको कारोबार भएको हो । 

अघिल्लो साता ४ करोड ३७ लाख ९४ हजार ३३२ कित्ता शेयर कारोबार भएकोमा गत साता ६ करोड ८१ लाख ५५ हजार ७२१ कित्ता भएको छ । 

औसतमा कारोबार रकम २५ दशमलव १२ प्रतिशत र कारोबार कित्ता २४  दशमलव ५० प्रतिशत वृद्धि भएको छ । अघिल्लो साता औसतमा ४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा गत साता औसतमा ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

गत साताको कारोबारमा सूचीकृत कम्पनीहरूको धितोपत्र मूल्य ८१ अर्ब ३ करोडरुपैयाँले वृद्धि छ । कुल बजार पूँजीकरण अघिल्लो साताको अन्तिम कारोबार दिन ४२ खर्ब ८९अर्ब ७८ करोड रुपैयाँ रहेकोमा गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७० अर्ब ८२ करोड रुपैयाँ कायम भएको हो । पुस मसान्तको दबाब सकिएसँगै लगानीकर्ताले पुन लगानी बढाएका कारण नेप्से र कारोबार रकम दुबै बढेको हो । 

सातागत परिसूचकको तुलना
विवरण गत साता अघिल्लो साता फरक फरक प्रतिशत
विवरण गत साता अघिल्लो साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) २,६३५.०९ २,५८६.२३ ४८.८६ १.८९
सेन्सेटिभ इन्डेक्स (अंक) ४४८.५४ ४४३.५६ ४.९८ १.१२
कारोबार रकम (रू. हजारमा) ३०,२६३,६४१.४९ १९,३५०,२८२.५७ १०,९१३,३५८.९२ ५६.४
कारोबार कित्ता ६८,१५५,७२१.०० ४३,७९४,३३२.०० २४,३६१,३८९.०० ५५.६३
औसत कारोबार रकम (रू. हजारमा) ६,०५२,७२८.३० ४,८३७,५७०.६४ १,२१५,१५७.६६ २५.१२
औसत कारोबार कित्ता १३,६३१,१४४.२० १०,९४८,५८३.०० २,६८२,५६१.२० २४.५

जलविद्युत समूहका लगानीकर्ताले सर्वाधिक कमाए

गत साताको कारोबारमा जलविद्युत समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये यस समूहको सूचक सबैभन्दा बढी ५ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । यस समूहका धेरैजसो कम्पनीहरूको शेयर सख्या कम हुन्छ । जसका कारण आपूर्ति कम हुने भएकाले शेयर मूल्य बढ्ने ब्रोकर बताउँछन् । यसोत कतिपय कम्पनीको लकिङ् पिरियड खोल्न बाँकी रहेको छ । यस्ता कम्पनीको शेयर मूल्य कारोबारीहरूले बढी कारोबार गरी शेयर मूल्य बढाइरहेका हुन्छन् । जस कारण समग्र जलविद्युत समूहको सूचक बढेको हो । त्यस्तै दोस्रोमा होटल तथा पर्यटन समूहको ४ दशमलव ६१ प्रतिशत,वित्त समूहको ४ दशमलव ४७ प्रतिशत,विकास बैंकको ३ दशमलव ७७ प्रतिशत र लगानी समूहको सूचक २ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै जीवन बीमा समूहको सूचक २ दशमलव ५८ प्रतिशत,लघुवित्तको १ दशमलव ३७ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ०४ प्रतिशत,अन्य समूहको शून्य दशमलव ९६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको सूचक शून्य दशमलव ५८ प्रतिशत वृद्धि भएको हो । 

घट्नेमा म्युचुअल फण्डको शून्य दशमलव ०५ प्रतिशत,ब्यापार समूहको शून्य दशमलव १२ प्रतिशत र बैंकिङ्ग समूहको सूचक शून्य दशमलव ३८ प्रतिशत घटेको छ । 

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण गत साता अघिल्लो साता फरक प्रतिशत
जलविद्युत्‌ ३,६७४.६२ ३,४८०.६३ ५.५७
होटल तथा पर्यटन ६,६९६.३५ ६,४०१.४८ ४.६१
वित्त ३,०३३.०४ २,९०३.२५ ४.४७
विकास बैंक ५,४८८.०९ ५,२८८.५८ ३.७७
लगानी १०१.२४ ९८.४४ २.८४
जीवन बीमा १२,७२०.४० १२,४००.९४ २.५८
लघुवित्त ४,९५६.१७ ४,८८९.३३ १.३७
निर्जीवन बीमा १२,५७९.३० १२,४४९.९० १.०४
अन्य १,९२१.९६ १,९०३.७१ ०.९६
उत्पादन तथा प्रशोधन ६,७६९.६० ६,७३०.७९ ०.५८
म्युचुअल फण्ड २०.२८ २०.२९ -०.०५
व्यापार ४,४६१.५८ ४,४६६.९८ -०.१२
बैंकिङ्ग १,३८४.६० १,३८९.८५ -०.३८

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।