साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश घोषणा

Share News

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अब यो लाभांश साधारण सभाबाट पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

अघिल्लो आव २०७९/८० को नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।