पुसको अन्तिम दिन करिब चार दर्जन कम्पनीको साधारण सभा एकै दिन, लगानीकर्तालाई भ्याइनभ्याई हुने

Share News

काठमाडौं । पुस मसान्त सकिन लाग्दा कम्पनीहरूलाई वार्षिक साधारण सभा सम्पन्न गर्न निकै चटारो रहेको छ । पुसको अन्तिम दिन २९ गते मात्र करिब चार दर्जन सूचीकृत कम्पनीहरूले वार्षिक साधारण सभा आव्हान गरेका छन् । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये एकै दिन १७ प्रतिशतभन्दा बढी कम्पनीले वार्षिक साधारण सभा पुसको अन्तिम दिन बोलाएका हुन । सूचीकृत कम्पनीहरूले जारी गरेको सूचनाका आधारमा १५० भन्दा बढी कम्पनीले पुस २४ गतेदेखि २९ गतेसम्म साधारण सभा आव्हान गरेको तथ्यांक छ । कम्पनी ऐन २०६३, को व्यवस्था अनुसार पब्लिक कम्पनीका रुपमा स्थापना भएका कम्पनीहरूले पहिलो वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम अधिकांश कम्पनीहरूले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न लागेका हुन । पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरूले जरिवाना समेत तिर्नुपर्ने अवस्था हुन्छ । यो अवस्थाबाट बच्न र सूचीकृत कम्पनीहरू खराब बर्गमा नपर्न पुस मसान्तभित्रै साधारण सभा सक्न लागिपरेका हुन । 

एकै दिन धेरै कम्पनीको साधारण सभा हुँदा लगानीकर्तालाई भने सास्ती भैरहेको छ । साधारण सभाका बक्ताका रुपमा रहेका केहि लगानीकर्ताहरू एकै दिन धेरै कम्पनीको साधारण सभा पर्दा आफ्ना कुरा राख्ने अवसर गुम्ने गरेको गुमेको बताउँछन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरे २०३४ सालदेखि पूँजीबजारमा लगानीकर्ताको रुपमा सक्रिय छन् । उनीसँग सूचीकृत अधिकांश कम्पनीको शेयर रहेकाले सबै कम्पनीमा गएर कम्पनीको वारेमा जान्न चाहान्छन् भने आफ्ना सुझाब पनि कम्पनी समक्ष राख्न चाहान्छन् । पुस २८ गते २२ कम्पनीको साधारण सभाको निम्तो रहेकोमा पाँच कम्पनीको साधारण सभामा सहभागी हुन भ्याएको जानकारी उनले गराए । पुसको अन्तिम समयमा आएर एकै दिन धेरै कम्पनीले साधारण सभा गर्दा लगनीकर्ताको सहभागीता कम हुने र गणपूरक संख्या कानून बमोजिम नहुने तर्क समेत घिमिरेको छ ।

वार्षिक साधारण सभा भनेको वर्षभरिका गतिविधिमाथी शेयरधनीहरूसँगै बसेर छलफल गर्ने अवसर हो घिमिरेले भने एकै दिन साधारण सभा जुधाएर लगानीकर्तालाई उक्त अवसरबाट बञ्चित गराउनु कत्तिको जायज हो ? चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने अवधि हुन्छ यो अवधिभित्र धेरै कम्पनीको साधारण सभा नजुध्ने गरी आव्हान गर्न पनि घिमिरेले सुझाब दिएका छन् । घिमिरेले यसरी साधारण सभा गर्नुको औचित्य शेयरधनीहरूको लागि भन्दा पनि कम्पनीले वार्षिक साधारण सभा गर्नुपर्ने बाध्यात्मक अवस्थामा औपचारिकताका लागि मात्र गर्ने गरेको पुष्टि हुने प्रतिक्रिया दिए । अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले पनि एकै दिन धेरै कम्पनीको साधारण सभा आव्हान हुँदा आफुजस्ता साधारण सभाका वक्ताले धेरैमा सहभागी हुन नपाएको गुनासो गरे । शेयरधनीहरूले वर्षदिनमा कम्पनीको अवस्थाको वारेमा जान्न र बुझ्न पाउने अवसरबाट एकै पटक धेरै कम्पनीले साधारण सभा गरेर आफूहरूलाई बन्चित गरेको भनाई श्रेष्ठको छ । यो समस्याको विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयदेखि अन्य नियामक निकायहरूले समेत ध्यान दिनुपर्ने माग उनले गरे । एकै दिन करिब ४ दर्जन कम्पनीले साधारण सभा आव्हान गर्दा सभामा पुग्नु पर्ने गणपूरक संख्या वास्तविक रुपमै पुगे नपुगेको एकिन गर्न समेत उनले सुझाब दिए ।

पुस २९ गते तीन वाणिज्य बैंकहरू प्रभु, हिमालयन र कृषि विकास बैंकसँगै नागरिक लगानीकोषले समेत वार्षिक साधारण सभा गर्दैछ । नागरिक लगानीकोषले इतिहासमै पहिलो पटक पुस मसान्तभित्र यो वर्ष वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जानकारी दिए । एक वाणिज्य बैंकका उच्च अधिकारीले भने असोज मसान्तभित्रै वार्षिक लेखापरिक्षण सम्पन्न गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा २५ दिनअघि मात्र स्वीकृति प्राप्त भएको र २१ दिनको समय राखेर साधारण सभा आव्हान गरेको बताए । कतिपय कम्पनीहरूले वार्षिक साधारण सभा पुसको अन्तिम दिनमानै आव्हान गर्नुको बाध्यता नियामक निकायबाट ढिलो वित्तीय विवरण स्वीकृत हुनु पनि रहेको तर्क ती अधिकारीको थियो । पुसको अन्तिम दिन वार्षिक साधारण सभा सम्पन्न गर्न लागका करिब ४ दर्जन कम्पनीमध्ये सबैभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका कम्पनी रहेका छन् । 

 

पुस २९ गते साधारण सभा हुन लागेका कम्पनीहरू .

कम्पनीको नाम 

साधारण सभा हुने स्थान

साधारण सभा हुने समय

प्रस्तावित लाभांश
 (प्रतिशत)

 

अन्य प्रस्ताव 

बुक क्लोजको मिति

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

स्मार्ट महल, धुम्बाराही, काठमाडौं

११.००

 

 

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

शिवम् सिमेन्ट्स लिमिटेड

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौं

९.००

८.५५

०.४५

सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७

ज्योति विकास बैंक लिमिटेड

सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स,
गैरीधारा, काठमार्डौ

११.००

 

 

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १४ – पुस २९

इष्टर्न हाइड्रोपावर लिमिटेड

होटल हार्दिक, बागबजार, काठमार्डौ

११.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

वालनट बिस्ट्रो, पानीपोखरी, काठमार्डौ

११.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड 

रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु,
महाराजगंज, काठमाडौं

११.००

 

 

सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

वेस्टर्न एसियन होटल, बुटवल, रूपन्देही

९.३०

९.५

०.५

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस ११

सिंगटी हाइड्रो इनर्जी लिमिटेड

धुम्बराह भेन्यू, धुम्बाराही, काठमाडौं

११.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १४

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

कम्पनीको रजिष्टर्ड कार्यालय,
डिल्लीबजार, काठमाडौं

१०.००

१.८६५९

०.०९८२

सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९

आइसिएफसि फाइनान्स लिमिटेड

बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौं

१०.००

 

५.२६३२

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

आम्रपालि ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौं

१०.३०

३.६५१६

०.१९२२

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७ – पुस २९

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

होटल सामना, मकवानपुर, हेटौडा

११.००

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

होटल टास्क इन्टरनेसनल, पोखरा, कास्की

९.००

९.५

०.५

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड 

लिसरा रिसेप्सन, नक्साल, काठमाडौं

१०.३०

 

 

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड

हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुर

८.००

 

 

सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १४

कालिञ्चोक दर्शन लिमिटेड

बद्रीनाथ होटल, गौशाला, काठमाडौं

११.३०

 

 

१०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सञ्चालकको नियुक्ति,
वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १५

प्रोग्रेशिभ फाइनान्स लिमिटेड

ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललितपुर

१०.३०

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १५

हिमालयन पावर पार्टनर लिमिटेड

डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङ्क्वेट,
बालुवाटार, काठमाडौं

९.००

 

 

५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सञ्चालकको नियुक्ति,
वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७

कालिका पावर कम्पनी लिमिटेड

दियालो फुडल्याण्ड, भरतपुर, चितवन

११.००

०.३६८४

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९

प्रभु बैंक लिमिटेड

बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं

११.००

 

 

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७

महालक्ष्मी विकास बैंक लिमिटेड

एलिस रिसेप्सन, गैरीधारा, काठमाडौं

१०.००

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

गरिमा विकास बैंक लिमिटेड

होटल पोखरा ग्राण्ड, पोखरा, कास्की

१०.३०

 

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

गोर्खाज फाइनान्स लिमिटेड

पानस ब्याङ्क्वेट एण्ड इभेन्ट भेन्यू,
बसुन्धरा, काठमाडौं

११.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९ – पुस २९

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड

ताज रिसेप्सन, बालुवाटार, काठमाडौं

१०.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७

इमर्जिङ्ग नेपाल लिमिटेड

लिसरा रिसेप्सन, नक्साल, काठमाडौं

९.३०

 

 

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७

कृषि विकास बैंक लिमिटेड

बैंकको केन्द्रीय तालिक प्रतिष्ठान, बोडे, भक्तपुर

११.००

७.५३

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड 

धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोक

१२.३०

 

 

एफपीओ निष्कासन गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

लुम्बिनी विकास बैंक लिमिटेड

अमृतभोग, कालिकास्थान, काठमाडौं

१०.३०

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड 

बेस्ट रिसोर्ट नेपाल, लेकसाइड, पोखरा, कास्की

९.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड

सहमति ९संस्था०, विजय चोक, गैंडाकोट, नवलपरासी

९.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९

नेपाल फाइनान्स लिमिटेड

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,
जावलाखेल, ललितपुर

९.३०

 

 

सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १७

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड 

होटल दिपसागर, न्यूरोड, पोखरा

११.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

मुक्तिनाथ विकास बैंक लिमिटेड

पोखरा इभेन्ट सेन्टर, पोखरा, कास्की

११.००

 

 

अग्राधिकार शेयर जारी गर्ने, सञ्चालकको नियुक्ति,
वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड

होटल डेब्रेक, बेगनास, कास्की

१.३०

 

 

सञ्चालकको नियुक्ति, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस २२

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

बैंकको प्रधान कार्यालय, बिरगञ्ज, पर्सा

७.१५

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

हिमालयन बैंक लिमिटेड

नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं

१०.००

 

 

एफपीओ निष्कासन गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

गुडविल फाइनान्स लिमिटेड

गुडविल कम्प्लेक्स, हात्तिसार, काठमाडौं

११.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १९

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड

मानसरोबर पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौं

१.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

दोल्ती पावर कम्पनी लिमिटेड

मानसरोबर पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौं

१२.००

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १८

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड

होटल माला इन, घोराही, दाङ

११.००

१४.२५

०.७५

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस १६

नागरिक लगानी कोष

कोषको केन्द्रीय कार्यालय, सिआईटी बिल्डिङ,
नयाँ बानेश्वर, काठमाडौं

११.००

वार्षिक प्रतिवेदन पारित गर्ने

पुस २२

मेन्छियाम हाइड्रोपावर लिमिटेड

होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ, काठमाडौं

९.३०

 

 

वार्षिक प्रतिवेदन पारित गर्ने                        

पुस १८

स्रोत . कंपनीहरूले सार्वजनिक गरेका सूचनाहरूबाट ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।