नेपाल बैंकले यस वर्ष पनि लाभांश नदिने

Share News

काठमाडौं । नेपाल बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।

पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ देखि लाभांश वितरण गरेको छैन ।

त्यसअघिका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले पछिल्लो दुई वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।