एनआईसी एशिया बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

गत पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लाभांश प्रस्ताव नगरे पनि गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ ।

गत वर्ष कम्पनीले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।