सानिमा बैंकको ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

Share News

काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ ।

कम्पनीले यसअघि गत असार १३ गते सर्वसाधारणमा विक्री खुला गर्दा विक्री नभएको यी शेयर पुनः विक्री आह्वान गरेको हो ।

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, काठमाडौंमा पेश गर्न सकिने छ । आवेदन गर्दा सम्पूर्ण कित्ता माग गर्नुपर्ने छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।