सुपर मादी हाइड्रोपावरको बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार (आज) सुपर मादी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

कम्पनीले कात्तिक ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।